चौंथो खुल्ला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलकारितिक र प्रेरणालाई

चौंथो खुल्ला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलकारितिक र प्रेरणालाई

बुटवलमा सञ्चालित चौथो खुल्ला लनटेनिस प्रतियोगिताको उपाधी बुटवलका रितिक राना र प्रेरणा कोईरालाले हात पारेका छन् । मंगलबार रुपन्देहीको बुटवलमा भएको फाईनल प्रतिस्पर्धामा पुरुष तर्फ सन्तोस खत्रीलाई पछाडी पार्दै रितिक र महिला तर्फ अभिलासा विष्टलाई पछाडी पार्दै प्ररणाले उपाधि हात परेकी हुन् ।
सन्तोससंगको फाईनल खेलमा ६–३ र ७–५ को सोझो सेटमा रितिकले जित हात पारेका हुन् भने अभिलासासंगको फाईनल खेलमा ६–३ र ६–१ को सोझो सेटमा प्ररणाले जित हात पारेकी थिईन् ।
यसैगरि ३५ प्लसमा कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६–२, ६–० को सेटमा पराजित गर्दै जित निकाले । बुटवलका श्रेष्ठ पहिलोपटक फाईनल पुगेका हुन् । यसैगरि ४५ प्लसमा चन्द्र शाहि (यु एण्ड मि) ले धर्म लामिछानेलाई ६–४,६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२, १०–२ को सेटमा जित निकाले ।

एक समारोहका बीच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरुङले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभयो । यसैबीच नेपालका टेनिस खेलमा योगदान दिएका लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई १८ हजार नगद पुरस्कार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares