नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले ओली समुहमा लागेका ७ जना नेतालाई कारवाही गरेको छ । उक्त समुहको केन्द्रीय समिति बैठकले पार्टी हित विपरित गतिबिधि गरेको भन्दै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्लाई संसदीय दलको उपनेताबाट हटाएको छ भने ओली समुहमा लागेका सुवास नेम्वाङ्, महेश बस्नेत, सुर्य थापा, बिशाल भट्टराई, शान्ता चौधरी, प्रभू शाह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरि कारवाही गरेको हो ।