सरकार र विप्लव समुहबिच सहमतिमा हस्ताक्षर

1.3K

सरकार र विप्लव समुहबिच सहमतिमा हस्ताक्षर

सरकार र विप्लव समुह बिच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा ओयोजित विशेष समारोहमा सरकारको तर्फबाट गृहमन्त्री तथा वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समुहको तर्फबाट प्रवक्ता तथा वार्ताटोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको हो ।
बिहिबार बसेको दुबै पक्ष बिचको वार्ताले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न, नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न, र नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमति भएको थियो ।
त्यस समारोहमा बोल्दै प्रधानमन्त्री केपी ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनु भयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दले सहमतिमा आफूहरु प्रतिवद्ध रहेको भनाई राख्नुभयो ।