बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत तथा अध्ययन पुरा गरेको बिद्यार्थीलाई बिदाई गरिएको छ । एम.बि.एस., एम.एड. तेस्रो सेमेस्टरमा अध्ययन गर्ने बिद्यार्थीहरुको आयोजनामा एम.बि.एस., एम.एड. प्रथम वर्षमा अध्ययनको लागि आएका बिद्यार्थीलाई स्वागत गरिएको हो भने एम.बि.एस., एम.एड. चौथो सेमेस्टर अध्ययन पुरा गरेका बिद्यार्थीलाई बिदाई गरिएको हो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख विष्णुप्रसाद रानाले यस्ता कार्यक्रमले बिद्यार्थीलाई रचनात्मक बनाउने र आपसी सद्भाव समेत अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा क्याम्पसका व्यबस्थापन विभागका प्रमुख कृष्णप्रसाद खनाल, शिक्षा विभाग प्रमुख बुद्धिराम भट्टराई, पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति गोपालप्रसाद चापागाई, पब्लिक क्याम्पस कर्मचारी संघका अध्यक्ष ओमभद्र गौतम बिद्यार्थीहरु रमेश पन्थी, शरद खनाल, कार्यक्रम संयोजक लक्ष्मण पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बिद्यार्थी कमल खत्रीको सभापतित्वमा भएको कार्यक्रम मदन पोखरेल र बसुन्धरा पेमी मगरको सञ्चालनमा भएको थियो ।
