मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय अध्यक्षमा गोबिन्द खनाल निर्वाचित

1.3K

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय अध्यक्षमा गोबिन्द खनाल निर्वाचित

मावन अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रुपन्देहीका गोबिन्द खनाल निर्वाचित हुनु भएको छ । समाजको पोखरामा सम्पन्न २३ औं राष्ट्रिय परिषद बैठकबाट केन्द्रीय सभापतिमा खनाललाई सर्वसम्मत चयन गरेको हो ।
सम्पन्न परिषद बैठकले आगामी २ वर्षको लागि खनालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपसभापति शुशील बस्नेत, उपसभापति कृष्णबहादुर रावल, महिला उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिबमा रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनीलाई चयन गरेको हो ।
त्यस्तै समाजको प्रदेश सचिवमा प्रदश १ मा बिकास थापा, प्रदेश २ मा अमरबहादुर गौतम, बागमती प्रदेशमा बाबुहरी आर्चा, गण्डकी प्रदेशमा धिरज थापा, लुम्बिनी प्रदेशमा मीना ढकाल, कर्णाली प्रदेशमा पुष्पा मल्ल र सुदुरपश्चिम प्रदेशमा मदन कुवँरलाई चयन गरेको हो । त्यस्तै आदीवासी जनजाती तर्फबाट सचिवमा रामप्रसाद जोशी, दलिद तर्फ निर्मल नेपाली, मधेशीबाट बन्दना सिंह र महिलाबाट नम्रता खरेललाई चयन गरेको हो ।
चार महिला सदस्य पदमा निर्मला सुबेदी, सरस्वती कुमारी नेपाली, सुमित्रा बन्जरा र सरस्वती ढकाललाई चयन गरिएको छ भने ६ खुल्ला सदस्य पदमा लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बन्जरा, बिष्णु भुसाल, माधबप्रसाद गौतम, सन्तोष रौनियार र दिलबहादुर कार्कीलाई चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष खनालले मुलुकमा लोकतन्त्र र मानव अधिकारीको अवस्था कमजोर हुँदै गएको र त्यसलाई सुदृढ गर्नको लागि समाजलाई थप सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।