माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

1.3K

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

सर्बोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र व्यूतिएपछि माओवादी केन्द्रले पार्टी संसदीय दलको नेता चयन गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको हो ।
त्यस्तै प्रतिनीधि सभाको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभाको संसदीय दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ । यद्यपी संसदीय दलको उपनेता र सचेतक भने चयन गरिएको छैन । यस अडागि एमाले र माओवादी केन्द्रको एकिकरण पछि बनेको नेकपामा संसदीय दलको नेतामा केपी र प्रमुख सचेतकमा देव गुरुङ् थिए ।