भारतमा कोरोना बिरुद्धको खोप निर्यातमा प्रतिवन्ध

736

भारतमा कोरोना बिरुद्धको खोप निर्यातमा प्रतिवन्ध

छिमेकी मुलुक भारतमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको दर तिब्र रुपमा बृद्धि भएपछि त्यस बिरुद्धको खोप निर्यातमा अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समयमा दोस्रो चरणको संक्रमणको लहर सुरु भएकोले आफ्नै देश (भारतमै) मा खोप आवश्यक हुन सक्ने भन्द्र नियातमा प्रतिवन्ध लगाएको हो । अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको समाचार आएको हो ।
भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० देश सहित नेपालमा पनि खोप अभियान प्रभावित हुनसक्नेछ । भारतले अहिलेसम्म ७६ देशमा ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ ।