नेपाल हृदयरोग निवाहरण प्रतिष्ठानको अभियान : बिद्यार्थीलाई मुटु स्वास्थ्य सम्बन्धि जनचेतना

नेपाल हृदयरोग निवाहरण प्रतिष्ठानको अभियान : बिद्यार्थीलाई मुटु स्वास्थ्य सम्बन्धि जनचेतना

नेपाल हृदयरोग निवाहरण प्रतिष्ठान रुपन्देहीले बिद्यालयका बालबालिकालाई मुटु स्वास्थ्य सम्बन्धि जनचेतना अभियान सुरु गरेको छ । स्वास्थ्यका बिबिध विधामा जनचेतना तथा शिबिरहरु सञ्चालन भएपनि मुटु स्वास्थ्यको बारेमा त्यस प्रकारका कार्यक्रम नभएकाले प्रतिष्ठानको रुपन्देही शाखाले अभियान सुरु गरेको हो ।
प्रतिष्ठानले सुरु गरेको मुटु स्वास्थ्य जनचेतना अभियानको सरुवात बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक बिद्यालयबाट गरेको हो । शुक्रबार उक्त बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई मुटु स्वास्थ्य सम्बन्धि प्रशिक्षण गरिएको छ । त्यस अवसरमा मुटुरोग विशेषज्ञ डा. समिर गौतमले मुटु रोग, यसका बिशेषता, हुन नदिने उपायहरु र समस्या भईहालेमा अपनाउनु पर्ने सावधानीको बारेमा प्रकाश पार्नुभएको थियो । ‘स्वस्थ मुटुको लागि दैनिक व्यायाम गरौं’ भन्ने नारा सहित सञ्चालन गरिएको मुटु स्वास्थ्य सम्बन्धि प्रशिक्षणमा त्यस बिद्यालयमा अध्ययन गर्ने ४ सय बिद्यार्थी सहभागि थिए ।

अन्य रोगहरुको बारेमा जनचेतना तथा शिबिरहरु सञ्चालन भईरहेपनि मुटु स्वास्थ्य सम्बन्धि जनचेतना तथा शिबिरहरु नभएकोले मुटु स्वास्थ्यको जनचेतनामुलक अभियान सुरु गरिएको बताउँदै नेपाल हृदयरोग निवाहरण प्रतिष्ठान रुपन्देही शाखाका अध्यक्ष निर्मलप्रसाद लाकौलले आगामी दिनमा बिद्यालय बिद्यालयमा मुटु स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनु भयो ।

मुटु मानिसको सबैभन्दा महत्वपूण पार्ट रहेकोले मुटु स्वस्थ राख्नको लागि अभियान सञ्चालन गरिएको बताउँदै यो भियानमा साथ दिनको लागि प्रतिष्ठान रुपन्देही शाखाका उपाध्यक्ष बोनिन पियाले सबैमा आग्रह गर्नुभयो । कार्यक्रम प्रतिष्ठानका सचिव नरेशकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares