आज पहाडी जिल्लामा होली पर्व मनाईँदै: स्वास्थ्य प्रति सावधान हुन सरकारको आग्रह

आज पहाडी जिल्लामा होली पर्व मनाईँदै: स्वास्थ्य प्रति सावधान हुन सरकारको आग्रह

नेपालमा आज (आईतबार) होली पर्व मनाईँदै छ । फागुन शुक्ल पूर्णिमाको दिन मनाईने यो पर्व आज पहाडी, हिमाली जिल्ला तथा भोली (सोमबार) तराईका जिल्लामा मनाईँदैछ ।
होली (फागु) परम्परागत रुपमा रंग खेलेर मनाईने पर्व हो । यो वर्ष होली पर्वमा बिशेष सावधानी उपनाउन सरकारले आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि त्यसको प्रभाव नहोस भन्नको लागि सरकारले भिडभाड नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको हो ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने षड्यन्त्र बनेर ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी र प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ । त्यसबेला देखि नै शक्तिको दुरुपयोग गरेकी होलीका मारिएको खुसीयालीमा होली पर्व मनाउने परम्परा रहेको विश्वास गरिन्छ ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares