वायु प्रदुषणको कारण चार दिन शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

832

वायु प्रदुषणको कारण चार दिन शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

बायु प्रदुषणको कारण देखाउँदै सरकारले ४ दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदुषणको कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोली मंगलबारदेखि ४ दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबारदेखि देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ जल तथा मौषम बिज्ञान विभागले जनाएको छ । लामो समयको खडेरीले हावा सुक्खा भएको र हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको विभागले जनाएको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । यद्यपी हिमाली तथा पहाडी जिल्लामा प्रदुषणको प्रभाव नभएपनि एकरुपता दिनको लागि सबै क्षेत्रका शिक्षण संस्था बन्द गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारको यो निर्णयसंगै शिक्षण संस्था आउदो आईतबार मात्रै सञ्चालनमा आउनेछन् ।