एमाले अध्यक्ष ओलीद्वारा नेताद्वय नेपाल र रावललाई सच्चिने अवसर सहित निलम्बन

एमाले अध्यक्ष ओलीद्वारा नेताद्वय नेपाल र रावललाई सच्चिने अवसर सहित निलम्बन

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीले पार्टीका नेताहरु माधवकुमार नेपाल र भिम रावललाई पार्टीबाट निलम्बन गर्नुभएको छ । अध्यक्ष ओलीले पार्टीका नेता द्वय नेपाल र रावललाई पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्दै सच्चिने अवसर भएको र अहिले भएगरेका गतिबिधि कायम राखे थप कडा कारवाही गर्ने समेत चेतावी दिनुभएको छ ।
अध्यक्ष ओली पक्षको केन्द्रीय सदस्यहरुको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै नेता नेपाल र रावल सहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफमा नेता नेपाल र रावलले आफूहरुले नभई अध्यक्ष ओलीले नै पार्टी हित विपरित काम गरेको जवाफ फर्काउनु भएको थियो । स्पष्टिकरणको जवाफमा गल्ती स्वीकार गर्नुको साटो उल्टै अहंकारका कुरा मात्रै गरेकोले निलम्बनको कारवाही गरेको उल्लेख गरिएको छ ।

Share This
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares