एमालेमा माधव नेपाल पक्षले अध्यक्ष ओलीको कारवाही नमान्ने, पार्टी पनि नछोड्ने

400

एमालेमा माधव नेपाल पक्षले अध्यक्ष ओलीको कारवाही नमान्ने, पार्टी पनि नछोड्ने

नेकपा एमालेको माधव नेपाल समुहले दुई नेतामाथि अध्यक्ष केपी ओलीले गरेको कारवाही अस्वीकार गरेको छ । अध्यक्ष ओलीले नेताद्वय माधवकुमार नेपाल भिम रावललाई ६ महिला निलम्बन गर्नुभएको थियो । लगत्तै मंगलबार बसेको नेपाल पक्षको स्थायी कमिटीको बैठकले अध्यक्ष ओलीको उक्त कदमले पार्टीमा बिचार र संगठनबारेको छलफल तथा बहसको ढोका बन्द गर्नुको साथै पार्टीलाई विभाजनतिर लैजाने नेपाल समुहको निष्कर्ष निकालेको छ । त्यस्तै उक्त कारवाहीलाई बिधान विपरित समेत रहेको ठहर गर्दै भ्रत्सना समेत गरिएको छ । अध्यक्ष ओली आफै विधान विपरित चलेकोले कारवाही नमान्ने तथा आफूहरुको सांगठनिक बैचारिक गतिबिध बिना रोकतोक कायम रहने पनि बताईएको छ ।