वेष्टर्न क्रिकेट एकेडेमीमा नेक्सस यु–१६का खेलाडीलाई बिदाई

812

वेष्टर्न क्रिकेट एकेडेमीमा नेक्सस यु–१६का खेलाडीलाई बिदाई

अन्डर १६ नेक्सस क्रिकेट कपको लागि छनौटमा परेका खेलाडीलाई बुटवलको वेष्टर्न क्रिकेट एकेडेमीले बिदाई गरेको छ । शनिबार बिहान बुटवल ११ देवीनगर स्थित वेष्टर्न क्रिकेट एकेडेमीमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, एकेडेमीका अध्यक्ष भूवन पाण्डे, बिन्दावासिनी ग्लास हाउसका सञ्चालक दिपक बश्याल, पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बसन्त गिरीले सामुहिक रुपमा जर्सी सार्वजनिक संगै खेलाडीलाई बिदाई गर्नुभएको हो ।
त्यस अवसरमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष कसजूले बुटवलको गरिमा बढाउन बढाउनको लागि जित हासिल गर्ने गरी खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
यहि चैतको १६ देखि सञ्चालन भएको प्रतियोगिताको लागि रन्जित खड्काको कप्तानीमा अमन घिमिरे, आदित्य बन्जाडे, अस्फाक खान, अस्वीन न्यौपाने, सन्देश पन्थी, निरन्जन गुप्ता, उदय बोहोरा, सागर गैरे, सुभाष चौधरी, राहुल शर्मा, अर्पन तिमिल्सिना, असिम भुषाल, सन्देश वाग्ले छनौटलाई एकेडेमीले छनौट गरेको थियो ।

एकेडेमीमा प्रशिक्षण लिदै आएका ४० जना खेलाडीहरुबाट १५ जना खेलाडीलाई अन्तिम छनौट गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो । चौथो पटक वेष्ट्रन एकेडेमीले भाग लिन लागेको भन्दै सेमीफाईनलसम्म पुगेको उहाँले बताउनु भयो । मालपानी क्रिकेट ग्राउण्डमा हुने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।
२०७२ सालदेखि सञ्चालन गरिएको एकेडेमीलमा हाल ४० जनाले क्रिकेट खेलको प्रशिक्षण लिईरहेका छन् । प्रशिक्षण लिने ती खेलाडीलाई लुम्बिनी प्रदेशका चिफ कोच बसन्त शाही, राष्ट्रिय खेलाडी बसन्त रेग्मी, राहुल बिक, खेलाडी हरिजित सिंह, आईसीसी लेवल–२ का कोच एसपी (सतपाल) यादव लगायतले प्रशिक्षण गर्दै आएका छन् । आईसीसी लेवल २ का कोच यादव भने खेलाडी बिद्यार्थीलाई प्रशिक्षणको लागि वर्षको तीन पटक आउनुहुनेछ ।
उक्त एकेडेमीबाट बिक्रम भुसाल, अनिल खरेल, अभिषेक गौतम र कृष्ण कार्की गरी ४ जना राष्ट्रिय खेलाडी उत्पादन भईसकेको अध्यक्ष पाण्डेले बताउनु भयो ।