राष्ट्रिय सभा सदस्य तथा गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले कारवाही गर्यो

470

राष्ट्रिय सभा सदस्य तथा गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले कारवाही गर्यो

नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका राष्ट्रिय सभा सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)लाई पनि कारवाही गरेको छ । माओवादी केन्द्रका नेता बादल दल बदलेर नेकपा एमालेमा गएका कारण उनलाई पार्टीले कारवाही गरेको हो ।
माओवादी केन्द्रले गृहमन्त्री बादललाई कारवाही गरेको सूचना समेत संघीय संसदलाई दिईसकेको छ । अव बस्ने राष्ट्रिय सभाको बैठकमा राजनीतिक दल सम्बन्धि ऐन अनुसार दल बदलेका बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ ।
यस अगाडि बिहिबार मात्रै दल बदलेर एमालेमा प्रवेश गरेका माओवादी केन्द्रबाट मन्त्री बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेको थियो भने उनीहरुको प्रतिनीधि सभा सदस्य पद खारेज भईसकेको छ । त्यस्तैगरी दलका नेता चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टा भित्र स्पष्टीकरण माग गरिएको बताईएको छ ।