फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेशको अध्यक्षमा राना निर्वाचित

619

फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेशको अध्यक्षमा राना निर्वाचित

फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनले प्रकाश रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमामा भएको अधिवेशनले उपाध्यक्षमा रेवती सिंह, सचिवमा रेशम गिरी, कोषाध्यक्षमा गणेशप्रसाद ज्ञवालीलाई चयन गरेको हो ।
त्यस्तैगरी कार्यसमितिको सदस्यहरुमा जीवन भण्डारी, चेतन भण्डारी, शरद भुसाल, किशोर पाण्डेय र सुधाकर मिश्रलाई चयन गरेको छ । सिटिईभिटिबाट सम्बन्धन प्राप्त नीजि स्तरमा सञ्चालित डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थाहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्स लुम्बिनी प्रदेशका १२ जिल्लामा ४० भन्दा संस्था सञ्चालनमा छन् । ती संस्थामा करिव ७३ विषयका शैक्षिक कार्यक्रम सञ्चालन भईरहेको नवनिर्वाचित अध्यक्ष रानाले बताउनु भयो ।