बिद्यालय बन्द गर्ने बिषयमा छलफल : मन्त्रीपरिषदमा प्रस्ताव लैजाने/नलैजाने निर्णय हुन सकेन

518

बिद्यालय बन्द गर्ने बिषयमा छलफल : मन्त्रीपरिषदमा प्रस्ताव लैजाने/नलैजाने निर्णय हुन सकेन

बढ्दै गरेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिन नदिनको लागि तीन साता शैक्षिक संस्था बन्द गर्ने बिषयमा सीसिएमसिमा छलफल भएको छ । कोरोना भाईरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको हो । सिसिएमसीमा छलफल भएपनि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने नलौजाने भन्ने विषयमा निर्णय भने हुन सकेन ।
कोरोना भाईरस संक्रमणको दोस्रो लहर बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरिसकेको छ ।
बैठकमा बिद्यालय तथा कलेजहरु सञ्चालन गर्ने नगर्ने बिषयमा छलफल भएको थियो । शैक्षिक संस्थामा बिद्यालयलाई भौतिक दुरी कायम गरेर पठनपाठन गराउने या अनलाईन कक्षा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।