रुपन्देही सहित १४ जिल्ला कोभिड संक्रमणको अतिप्रभावित क्षेत्रको रुपमा वर्गीकरण

1.3K

रुपन्देही सहित १४ जिल्ला कोभिड संक्रमणको अतिप्रभावित क्षेत्रको रुपमा वर्गीकरण

सरकारले कोरोना भाईरस (कोभिड–१९) तिब्र गतिमा बढेका १४ जिल्लालाई अति प्रभावित क्षेत्रको रुपमा वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र तलितपुर सहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।
ती जिल्लामा तिब्र गतिका कोरोना भाईरस संक्रमण बढेका कारण अति प्रभावित क्षेत्रमा वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै अति प्रभावित जिल्लामा बालबालिकालाई बिद्यालय नपठाउन समेत मन्त्रालयले अपिल गरेको छ । त्यस्तै अति प्रभावितको वर्गीकरणमा परेका जिल्लाहरुमा बढी भिडभाड हुने स्थलहरु बन्द गर्न र बिद्यालय, खेलकुद, जीम, सभा सम्मेलन, सिनेमा हल, सपिङ मल, पार्टी प्यालेस, स्वीमिङ् पुल लगायतका स्थानमा सहभागि नहुन तथा रात्री व्यबसाय, रेष्टुरेन्ट तथा क्लवहरु साझ ७ बजेपछि बन्द गर्न मन्त्रालयले अपिल गरेको छ ।
त्यस्तैगरी अस्पतालहरुमा अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न तथा सरकारी अस्पतालमा स्वीकृति पाएका वेडको ५० प्रतिशत कोभिड–१९ को लागि छुट्याउन र निःशुल्क उपचार सेवा सञ्चालन गर्न समेत हेल्थ इमर्जेन्सी अप्रेसन सेन्टर (एचईओसी)ले निर्देशन गरेको छ ।