पोर्चुगलको राजधानी लिस्बन निवासी ३२ वर्षीय जया सुबेदीले सहयोगको लागि अनुरोध गर्नुभयको छ | दुवै मिर्गौलाले काम नगर्ने भयपछी उहाले उपचार खर्चको लागि सहयोगको याचना गर्नुभयको हो | पर्वत जिल्लाको सलिजा ४ घर भइ विगत ५ वर्षदेखि सुवेदी पोर्चुगलको राजधानी लिस्बन बस्दै आउनुभयको छ |
‘आफु संग खान बस्न गाह्रो अवस्था भयको छ,२ ओटै किड्नी फेल हुदा समेत १० महिना सम्म काम गरे |’ फोनमा दुखेसो पोख्दै उहाले भन्नुभयो ‘अस्पतालको सुझाव अनुसार केहि महिना अघि देखि काम पनि गरेको छैन ‘| सुवेदीका अनुसार अहिले उहाले लिस्बनमै मिर्गौलाको डायलासीस गरिरहनु भयको छ | तर मृगौला प्रत्यारोपणको लागि ४० देखि ५० लाख रुपिया सम्म लाग्ने हुनाले सहयोगको याचना गरेको बताउनु भयो | उहाका अनुसार प्रत्यारोपण लिस्बनमा नहुने र लामो समय कुर्नुपर्ने हुदा भारतको राजधानी दिल्ली जानुपर्ने बाध्यता रहेको छ |
विगत केहि समय अगाडी एन आर एन पोर्चुगको सहयोगमा लिस्वन निवासी एक नेपालीले मिर्गौला प्रत्यारोपण गर्नुभयको थियो | सुवेदीले पनि एन आर एन पोर्चुगललाइ निवेदन दियको र वारम्वार निवेदनको वारेमा भनिरहेपनि कुनै वास्ता नगरेको जानकारी दिनुभयको छ | तर एन आर एन पोर्चुगल भने उहाको कुरा मान्न तयार छैन |’उहाको पारिवारिक समस्या पनि उस्तै रहेको पायका छौ ,निवेदन आयको छ तर केस अलि कठिन छ ‘एन आर एन पोर्चुगलका अधक्ष्य भिम केसी कमलले भन्नुभयो ‘उहाको दाइ नेपाल बाट आउदै हुनुहुन्छ त्यसपछि सर सल्लाह गरेर हामि अगाडी बढ्नेछौ |’
उहाका अनुसार जुन महिना भित्र मृगौला प्रत्यारोपण गरे खतरामुक्त हुने डाक्टरहरुले उहालाई सुझाव दियका छन | सुवेदीले आफुलाई सक्दो सहयोग गर्न सवै नेपालीहरुलाई आग्रह गर्नुभयको छ |