रुपन्देहीमा एकैदिन २२७ जनामा कोरोना संक्रमण पुष्टि : मृत्यु हुनेको संख्या १६५ पुग्यो

1.3K

रुपन्देहीमा एकैदिन २२७ जनामा कोरोना संक्रमण पुष्टि : मृत्यु हुनेको संख्या १६५ पुग्यो

रुपन्देहीमा एकैदिन २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २२७ जना कोरोना संक्रमित थपिएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार त्यसमध्ये १२८ जना पुरुष र ९९ जना महिला रहेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी ११५ जना बुटवल उपमहानगरपालिकाका हुन् ।
रुपन्देही जिल्लामा सिद्धार्थनगर नगरपालिकाका ४०, तिलोत्तमामा ४३‚ सैनामैना नगरपालिकामा १०, देबदहमा ३, कञ्चन गाउँपालिकामा ४, रोहिणी गाउँपालिकामा ४, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, गैडहवा र सुद्धोधन गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै रुपन्देही जिल्लामा कुल संक्रमितको संख्या १० हजार ४४ पुगेको छ भने ९ हजार ६८ जना निको भएर घर फर्किएका छन् । रुपन्देहीमा हाल सक्रिय संक्रमित संख्या ८११ रहेका छन् । त्यस्तैगरी कोरोना भाईरसका कारण रुपन्देही जिल्लामा हालसम्म १६५ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८७९८ जनाको पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । योसँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७सय ५५ पुगेको छ ।