‘यूरोप टुर आयका कलाकारहरु माथि बेल्जियममा झुठो लान्छना

620

‘यूरोप टुर आयका कलाकारहरु  माथि  बेल्जियममा  झुठो लान्छना

सन्तोष न्यौपाने

ब्रसेल्स/बेल्जियम
मंसिर २२

‘यसकाे पछाडी कस्काे हाँत छ सत्य तथ्य बूझी दाेशीलाई कारबाही हूनु पर्छ, यसरी सथांलाई थाहै नदीई मानब तस्कर गर्नीलाई, जाे सुकै हाेस कारबाही हूनुपर्छ नत्र एन आर एन सथां प्रत्री मानीसहरूकाे हेर्नी नजर फेरीन बेर लाग्दैन ।’ एन आर एन बेल्जियमकी महिला उपाधक्ष्य यासु थापाले केहि दिन अगाडी यो स्टाटस सामाजिक संजालमा राखेपछि बेल्जियममा यसले चर्चा पायको छ | धेरैले एन आर एन तथा यसका पदाधिकारीहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर कमाउने धन्दा थालेको पनि आरोप लगायका छन | जुन सामाजिक संजालमा भाइरल बनेको छ |

तर एन आर एन बेल्जियम भने सामाजिक संजालमा आयको भाइरल जस्तो केहि जानकारी नभयको बतायको छ ||’दशैँ तिहार यूरोप टुर २०१५’ कार्यक्रममा कलाकारहरु गत नोभेम्बरमा जर्मन आयका थिय | त्यसरी बेल्जियम आउने कलाकारहरु मध्य शिव परियार,रिता थापा,राजेश पाण्डे ,मिलन अमात्य र सन्दिप क्षेत्री रहेका छन |

फेसन डिजाइनर समेत रहेकी रिता थापाले आफुहरु कार्यक्रमको लागि यूरोप टुरमा आयको तर बदनाम गर्न खोजेको बताइन|’जुन किसिमले कुरा बाहिर आयको छ त्यो सबै झुटो हो ,हामीलाई रबिन्द्र दाइले निमन्त्रणा गरेर आयका हौ |’थापाले भनिन ‘नेपाली कलाकारहरुलाई सम्मान गर्नुको साटो अपमान गरियो .सबै कलाकार नेपालमा चिनियाका र देस बिदेस गुमेका हुनुहुन्छ ,एन आर एनको पोस्टर लोगो दुरुपयोग गर्ने कुनै आवस्यकता नै छैन |’ उनका अनुसार नर्वेमा कार्यक्रम भैसकेको छ भने बाकि देशहरुमा पनि कार्यक्रम आयोजना हुदैछ |त्यसपछि यो टोलि नेपाल फर्कनेछ |

त्यसै गरेर कलाकारको टोलीलाई निमन्त्रणा पत्र पठाउनु भयका एन आर एन बेल्जियमका सस्थापक रबिन्द्रमान श्रेस्ठले बाहिर आयको हल्ला झुटो भयको बतायका छन | ‘जर्मनमा कलाकार संघको सरोज श्रेस्ठ भाइले लौ न दाइ सहयोग गरिदिनुस भनेर मैले उनीहरुलाई पत्र पठाय त्यही पत्रको भरमा दुताबासले भिसा दियछ आयछन तर मेरो अझै सम्म भेट भयको छैन |’ श्रेस्ठले भन्नु भयो ‘सरोज भाइले यहा गर्ने कार्यक्रमको लागि पोस्टर बनायको रहेछ त्यही भाइरल को रुपमा नकारात्मक प्रचार भइ फ़ैलियको छ |’ उहाका अनुसार कलाकार संघका सरोजले छिट्टै बिज्ञप्ति निकाल्ने बताय |

त्यस्तै गरेर कलाकार संयोजक राजेश पाण्डेले ‘मानव तस्कर’भनेर गरियको हल्लाले हासो उठेको बताय | ‘सस्था भित्रको ब्यक्तिहरुको इगो फरक हुनसक्छ तर हामी कलाकारहरुलाई यसरि बदनाम गराउनु हुन्थेन ,सबै देशमा रहेका नेपालीहरु हाम्रो लागि उत्तिकै सम्मानजनक छन .जसरि खराब भ्रम फ़ैलाइयको छ त्यो सरासर गलत छ |’ पाण्डेले प्रस्ट पारे|

उता गैर आवासीय नेपाली संघ बेल्जियमले ले आज एक बिज्ञप्ति जारि गरेर नआरएनए बेल्जियमको कुनै पनि बैठक, औपचारिक तथा अनौपचारिक छलफलमा कुनै पनि सास्कृतीक कार्यक्रमको बिषयमा कुनै पनि सदस्यबाट छलफलमा समेत नआएको प्रस्ट पारेको छ | अध्यक्ष गंगाधर गौतम र महासचिवलोक दाहाल द्वारा संयुक्त रुपमा निकलियाको विज्ञप्तिमा भनियको छ ‘नेपालका कुनै पनि क्षेत्रका कलाकारहरुलाई नेपालको कला सास्कृतीलाई प्रवासी नेपालीहरु माझ प्रस्तुत गराउने र कलाकारलाई सम्मान गर्ने हाम्रो निती रही आएको छ । तर पनि संस्थाको आफनै परिधी र सिमा हुने हुनाले गैह्र जिम्मेवारी तरिकाबाट आएको कार्यक्रमहरुलाई एनआएनए बेल्जियमको सहयोग र सहकार्य नहुने जानकारी गराउदछौं ।’

साथै संघले एनआरएनए बेल्जियमको नामलाई दुरुपयोग के प्रयोजनकोलागी गरिएको रहेछ भन्नेमा चासो रहेको र बिषयको बारेमा सत्य तथ्य बुझी एनआरएनए बेल्जियमले बेल्जियमबासी नेपालीहरुका बिच छिट्टैनै सार्वजनिक गराउने प्रतिवद्धता समेत जाहेर गरेको छ |

foto kl