सरकारले देशभरका शैक्षिक संस्थाहरुमा पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोरोना भाईरस संक्रमण ह्वात्तै बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो ।
वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको भएको छ । यस अगाडि विद्यालय बन्द गरेपनि चालु परीक्षाहरू नरोक्ने निर्णय लिएको थियो ।