स्वास्थ्य मन्त्रालयको अभिव्यक्तिप्रति मानव अधिकार तथा शान्ति समाजको आपत्ती

1.3K

स्वास्थ्य मन्त्रालयको अभिव्यक्तिप्रति मानव अधिकार तथा शान्ति समाजको आपत्ती

स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अभिव्यक्तिप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ती जनाएको छ । सरकारले “स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल सैया उपलब्ध गराउन नसकिने भइसकेको छ“ भन्ने अभिव्यक्तिप्रति शान्ति समाज आपत्ति जनाएको हो ।
यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोबैज्ञानिक भय र हतासा सृजना गरेको छ भने महाबिपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट एकातिर सरकार च्युत भएको देखिन्छ भने सरकार बिहिनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुखद एवं दुर्भाग्यपूर्ण छ, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोबिन्द खनालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत संवद्ध सबैलाई शान्ति समाज आग्रह गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ति
मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति
नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयले मिति २०७८/०१/१७ गते सार्वजनिक गरेको “सर्वसाधारणमा अपिल“ बिषयमा मानवअधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अपिलमा सरकारले ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल सैया उपलब्ध गराउन नसकिने भइसकेको छ’ भन्ने अभिव्यक्तिप्रति शान्ति समाज आपत्ति व्यक्त गर्दछ । यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोबैज्ञानिक भय र हतासा सृजना गरेको छ भने महाबिपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट एकातिर सरकार च्युत भएको देखिन्छ भने सरकार बिहिनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुखद एवं दुर्भाग्यपूर्ण छ । बिश्वब्यापी महाबिपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी छ। संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउनु हुंदैन । तसर्थ सबै क्षेत्र, समुदायसंग सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ । यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत संवद्ध सबैलाई शान्ति समाज आग्रह गर्दछ । यसैगरी आफ्नो क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सहयोगीको रुपमा प्रस्तुत हुने प्रतिवद्धता व्यक्त गर्दै, अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ शान्ति समाज पुन ध्यानाकर्षण गराउँछ ।

समाजका तर्फबाट
गोविन्द खनाल
सभापति, मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमिति
मिति : २०७८ वैशाख १८