पार्टीका नेताहरु सहित काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।
एमालेका नेताहरु उपप्रधानमन्त्री एवं महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेल सहित पुगेका केपी शर्मा ओलीले सभापति देउवासंग विश्वासको मत दिएर सहयोग गर्न आग्रह गर्नुभएको हो ।
भेटमा सभापती देउवाले विश्वासको मत दिन नसक्ने प्रष्ट जवाफ दिनुभएको छ । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर मार्ग प्रसस्त गर्न समेत आग्रह गर्नुभयो । उक्त भेटमा नेपाली काँग्रेसको तर्फबाट सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा. शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी हुनुहुन्थ्यो ।