एकैदिन ९०७० जनामा संक्रमण पुष्टि : सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुग्यो

1.3K

एकैदिन ९०७० जनामा संक्रमण पुष्टि : सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुग्यो

नेपालमा एकै दिन ९ हजार ७० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बिहिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ८ हजार ९७० जनामा र एन्टीजेन परीक्षणबाट सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३६७ जनाको पीसीआर र ७७५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । योसंगै नेपालमा बिहिबारसम्म संक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ ।
बिहिबार सबैभन्दा धेरै काठमाण्डौमा ३ हजार १६३, रुपन्देहीमा १ हजार ६९, ललितपुरमा ५६७, बाँकेमा ३९८, कास्कीमा ३७५, मोरङ्मा २५५ जना संक्रमित थपिएका हुन् । त्यस्तैगरी कोरोना भाईरस संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् ।