नेपालमा कोरोनाबाट एकैदिन २२५ जनाको मृत्यु : मृत्यु हुनेको संख्या ४,०८४ पुग्यो

309

नेपालमा कोरोनाबाट एकैदिन २२५ जनाको मृत्यु : मृत्यु हुनेको संख्या ४,०८४ पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण एकैदिन २२५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षण गरिएको थियो । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।
संस्थागत आइसोलेसनमा रहेका ७ हजार ९४ जना मध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा पुष्टि भएका ९ हजार ४८३ मध्ये सबैभन्दा बढी काठमाडौका २ हजार ७८८ जना छन् । त्यस्तै रूपन्देहीमा ७०९, ललितपुरमा ६०२, भक्तपुरमा ५३७ र बाँकेमा ५०६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौ– २,७८८
रूपन्देही– ७०९
ललितपुर– ६०२
भक्तपुर– ५३७
बाँके– ५०६
कास्की– ३७०
मोरङ– ३५०
कैलाली– २९५
दाङ– २६५
झापा–२६४
सुर्खेत– २६४
सुनसरी– १७४
धनुषा– १६५
काभ्रेपलाञ्चोक– १५५
चितवन– १२४
कपिलवस्तु– ११७
मकवानपुर– ११६
धादिङ– ११५
पर्सा– ११३
स्याङ्जा– ९०
पाल्पा– ८४
अछाम– ८०
जाजरकोट– ७७
नुवाकोट– ७३
बर्दिया– ६५
गोरखा– ६४
सिन्धुपाल्चोक– ५८
नवलपरासी पश्चिम– ५७
अर्घाखाँची– ५५
रूकुम पश्चिम– ४८
सिन्धुली–४७
तनहुँ– ४७
महोत्तरी– ४१
लमजुङ– ३४
बारा– ३१
सर्लाही– २९
रौतहट– २८
कञ्चनपुर– २८
नवलपरासी पूर्व– २५
रामेछाप– २४
उदयपुर– २२
सल्यान– २१
धनकुटा– २०
सप्तरी– १८
सिरहा–१५
दोलखा– १५
गुल्मी– १५
ओखलढुंगा– १०
जुम्ला– ९
खोटाङ– ७
सोलुखुम्बु– ७
बागलुङ– ६
दैलेख– ६
म्याग्दी– ५
रोल्पा– ४
भोजपुर– ३
इलाम, पाँचथर, कालिकोट र डोटीमा २÷२ जना र ताप्लेजुङ, रसुवा, पर्वत, मुस्ताङ, प्युठान, डोल्पा, हुम्ला, बझाङ र बाजुरामा १÷१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।