रुपन्देहीबाट प्रकाशन हुने पत्र–पत्रिका शुक्रबारदेखि बन्द हुने

872

रुपन्देहीबाट प्रकाशन हुने पत्र–पत्रिका शुक्रबारदेखि बन्द हुने

रुपन्देहीबाट प्रकाशन हुने पत्रपत्रिका शुक्रबारदेखि बन्द हुने भएका छन् । कोरोना भाईरस संक्रमण बढ्दैगएपछि प्रशासनले लगाएको निषेधाज्ञाका कारण प्रकासन तथा वितरणमा समस्या भएको भन्दै प्रकासन तथा प्रशासन समाज रुपन्देहीले पत्रपत्रिका प्रकासन बन्द गर्ने निर्णय गरेको हो ।
प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले बिहिबार एक प्रेस बिज्ञप्ती जारी गरी सञ्चार माध्यमहरुले जसोतसो पत्रिका प्रकाशन गरेपनि वितरणमा दिन प्रतिदित चुनौती थपिदै गएको कारण नचाहदा नचाहदै पनि केही दिनका लागि पत्रपत्रिका प्रकाशन स्थगन गरेको जानकारी गराएको हो ।
समाजका अध्यक्ष नवराज कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तीमा सक्दो छिटो पत्रिका पुन प्रकाशन गर्ने प्रतिवद्धता सहित प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरुले भने कोभिड १९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरि सुरक्षित रुपमा प्रसारण गर्न सक्ने उल्लेख गरिएको छ ।