काँग्रेस–माओवादी केन्द्रले सरकारको दावी नगर्ने

772

काँग्रेस–माओवादी केन्द्रले सरकारको दावी नगर्ने

बहुमतको सरकार गठनका लागि राष्ट्रिपतिले दिएको समयसिमा सकिनै लाग्दा काँग्रेस माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने निश्कर्ष निकालेका छन् । काँग्रेस माओवादीको यो निर्णयले फेरी एमाले अध्यक्ष केपि ओली नै प्रधानमन्त्री बन्ने प्रायः निश्चित भएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेमा बहुदलको सरकार बनाउन सकिने भएपनि जनता समाजवादी पार्टीमा सरकार गठनको विषमा विवाद भएकाले नयाँ सरकारको दावी नगर्ने निश्कर्षमा दुई दल पुगेका हुन् ।
एमालेमा असन्तुष्ट माधवकुमार नेपाल झलनाथ खनाल पक्षका सांसदहरुले राजिनामा गर्ने आशा काँग्रेस माओवादीलाई थियो । यद्यपी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओली र नेता माधवकुमार नेपाल बिच भएको सहमति पछि नेपाल खनाल पक्ष राजीनामा गर्ने निर्णयमा पुगेको छ ।
जसपाको पनि पूर्ण साथ नपाएको र एमाले नेपाल खनाल पक्षका सांसदहरुले राजीनामा नदिने भएपछि काँग्रेस माओवादी केन्द्र नयाँ सरकार गठनमा दावी गर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनको लागि प्रतिनीधि सभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर प्रतिनीधि सभामा काँग्रेसको ६१ र माओवादी केन्द्रको ४९ गरी दुईदलसंग ११० सांसद मात्रै छन् ।
त्यस्तै ३२ सांसद रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद छ । यसले एमाले अध्यक्ष केपि ओली नै प्रधानमन्त्री बन्ने पक्का देखिएपनि बहुमतको प्रधानमन्त्री वा अल्पमतको प्रधानमन्त्री बन्ने भने एकिन भईसकेको छैन ।
जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदको मात्रै समर्थन लिएर बहुमतको प्रधानमन्त्री हुने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने ओलीको निर्णय आईसकेको छैन । बहुमतको सरकार गठनको लागि राष्टपतिले दिएको समयसिमा राती ९ बजे सकिँदैछ ।