बुटवलको कोरोना बिशेष अस्थायी अस्पतालमा आईतबार थप ५ जनाको ज्यान गएको छ । कोरोना भाईरस संक्रमणका कारण उपचार गराईरहेका ५ जना पुरुषको ज्यान गएको हो ।
कोरोना संक्रमणका कारण गत बैशाख २६ गते अस्पतालमा भर्ना भएका भुमही ६ नवलपरासीका ४८ वर्षी पुरुषकोको मध्यान्न पौने १ बजेको समयमा मृत्यु भएको हो । त्यस्तै सत्यवती गाउँपालिका गुल्मीका ४८ वर्षीय पुरुषको बिहान सवा ५ वजेको समयमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमणका कारण गत बैशाख २६ गते अस्पतालमा भर्ना गरिएको थियो ।
बैशाख २८ गते अस्पताल भर्ना भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ का ६० वर्षीय पुरुषको बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । आजै अस्पतालमा भर्ना भएका ईश्मा ४ गुल्मीका ४५ वर्षी पुरुषको बिहान पौने ९ बजे मृत्यु भएको थियो भने बैशाख ३१ गते अस्पतालमा भर्ना भएका ठेगाना नखुलेका पुरुषको बिहान ९ बजे मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।