सीसीएमसी बैठक : स्वास्थ्य संकटकालको बिषयमा पनि छलफल

726

सीसीएमसी बैठक : स्वास्थ्य संकटकालको बिषयमा पनि छलफल

कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सीसीएमसीको बैठकमा स्वास्थ्य संकटकालको विषयमा समेत छलफल भएको छ । बैठकले महामारी बिरुद्ध लड्न थप कानुनी संरचना आवश्यक भएको निश्कर्ष निकाल्दै महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० मात्रै पर्याप्त नभएकोले आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई जिम्मेवारी दिईएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेतको उपस्थितिमा बसेको बैठकमा स्वास्थ्य संकटकाल लगाउने बारेमा पनि छलफल भएको थियो । संक्रामक रोग ऐनले गर्न नसकेको केके काम स्वास्थ्य संकटकाल लगायो भने सहज हुन्छ भनेर तुलनात्मक अध्ययन भएको मन्त्री ज्ञवालीले बताउनु भएको छ ।
स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले महामारीविरुद्ध लगाउन स्वास्थ्य मन्त्रालय, मातहतका अस्पतालहरु, प्रतिष्ठानहरु, प्रादेशिक अस्पतालहरु, स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालहरु सबैलाई युनिफाईड ढंगले सञ्चालन गर्नको लागि केही कानुनी प्रवन्ध चाहिएको निश्कर्ष निकालिएको बताईएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले अक्सिजन, खोपलगायतका अत्यावश्यकीय वस्तुहरुका लागि तत्काल काम गर्न निर्देशन दिनु भएको छ ।