बाबुको दाहसंस्कारको तयारी हुँदैगर्दा छोराको पनि मृत्यु

1.3K

बाबुको दाहसंस्कारको तयारी हुँदैगर्दा छोराको पनि मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएका बाबुको दाहसंस्कार नहुँदै छोराको पनि मृत्यु भएको छ । यो दाङको खवर हो । सञ्चारकर्मी दाङ्को हापुरेका ३३ वर्षीय लक्ष्मण बस्नेत कोरोना संक्रमणले थल्लीनु भएको थियो । सञ्चारकर्मी लक्ष्मण उपचारमै रहँदा कोरोनासंग मिल्दोजुल्दो लक्षण लक्ष्मणका बुवामा पनि देखियो ।
बाबु छोरा दुबै जनालाई भैरहवा स्थित युनिभर्सल मेडिकल कलेमा भर्ना गरेर उपचार गरियो । उपचारकै क्रममा बुवा टोपबहादुरको आईतबार अस्पतालमा निधन भयो । यद्यपी अस्पतालको शैयामा छटपटाईरहेका लक्ष्मणलाई भने बाबुको मृत्युको खवर दिईएको थिएन ।
उपचारका क्रममै बाबुछोरा दुबै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । सोमबार अन्तिम दाहसंस्कारका लागि बुवा टोपबहादुरको शवलाई दाङ लैजाने तयारी गरिएको थियो । आफन्तहरु त्यसको तयारी गरिरहेकै बेला छोला लक्ष्मणको पनि सोमबार दिउँसो मृत्यु भएको हो ।
अस्पतालका प्रशासन प्रमुख शुशिल गुरुङ्ले बाबु छोरा दुबैको उपचारका लागि अस्पतालले सबै प्रयास गरेको बताउनु भयो । करिव १५ दिन अस्पतालमा राखेर उपचार बस्नेत बाबुछोराको उपचारका लागि दाङमा सहयोग अभियान पनि चलेको थियो ।