काँग्रेस नेता खाँणद्वारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान

976

काँग्रेस नेता खाँणद्वारा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान

प्रतिनीधि सभा नेपाली काँग्रेसका प्रमुख सचेतक, पार्टीका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको छ ।
काँग्रेस नेता खाँणले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराउनु भएको हो । नेता खाँणले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामाग्रि मंगलबार महासमिति सदस्य तथा वडा अध्यक्ष विष्णु बस्याल, जिल्ला सदस्य शिव न्यौपाने लगायतले स्वास्थ्य संस्थामा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
नेता खाँणले उपलब्ध गराउनु भएको पिपिई सेट, मास्क, सेनिटाईजर, ग्लब्स, भिटामिन सि लगायतका स्वास्थ्य सुरक्षा सामाग्रि रुपन्देही प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. ३ का बिभिन्न ८ वटा स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मीलाई प्रदान गरिएको नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका सहसचिव सञ्जिव बस्यालले जानकारी दिनुभयो ।