थप ८,२०३ जनामा कोरोना संक्रमण : १९६ जनाको मृत्यु

1.3K

थप ८,२०३ जनामा कोरोना संक्रमण : १९६ जनाको मृत्यु

नेपालमा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १९६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने १९६ जनाले ज्यान गुमाएका हुन् ।
पछिल्लो २४ घण्टामा २० हजार २८६ पीसीआर र ६९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको मन्त्रालयले जनाएको छ ।