अर्घाखाँचीमा अक्सिजन प्लान्टका लागि सबै स्थानीय तहमा १० लाख विनियोजन

1.3K

अर्घाखाँचीमा अक्सिजन प्लान्टका लागि सबै स्थानीय तहमा १० लाख विनियोजन

लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा अक्सिजन प्लान्ट निर्माणको लागि जिल्लाका सबै स्थानीय तहले १० लाख बजेट विनियोजन गर्ने निर्णय गरेका छन् । प्रयाप्त अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि जिल्लाका सबै स्थानीय तह अक्सिजन प्लान्ट निर्माण गर्न सहमत भएका हुन् ।
त्यसका लागि सन्धिखर्क नगरपालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । सबै स्थानीय तहका प्रमुहहरु, नीजि क्षेत्रका संघसंस्थाका प्रमुखहरु, जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष तथा प्रमुख, रेडक्रस नेपाल पत्रकार महासंघ प्रशासन कार्यालयका प्रतिनीधि सदस्य तथा सन्धिखर्कनगरपालिकाका प्रशासकीय प्रमुख सदस्य सचिव रहनेगरी समिति गठन गरिएको हो ।
त्यस्तै जिल्ला अस्पतालको स्तरबृद्धिको लागि प्रदेश र संघीय सरकारलाई आग्रह गरिएको छ । अर्घाखाँची जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका गरि ६ वटा स्थानीय तह रहेका छन् ।