बिरमा अक्सिजन प्लान्ट स्थापना गर्न नबिल बैंकको आठ करोड सहयोग

1.3K

बिरमा अक्सिजन प्लान्ट स्थापना गर्न नबिल बैंकको आठ करोड सहयोग

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नबिल बैंकले काठमाण्डौमा रहेको बिर अस्पताललाई ८ करोड रुपैंया सहयोग गर्ने भएको छ । नेशनल एकेडेमी अफ मेडिकल साईन्स (बिर अस्पताल)मा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि ८ करोड दिने निर्णय सहित बैंक र अस्पताल बिच समझदारी पत्रमा आज (बुधबार) हस्ताक्षर भएको छ ।
दुई संस्था बिचको समझदारी अनुसार बैंकले प्रतिघण्टा ५० क्वीबिक लिटर क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सबै खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान व्यबस्थापन गर्नुपर्नेछ । त्यस्तै अक्सिजन प्लान्ट स्थापना पछि त्यसमा आवश्यक जनशक्ति अस्पतालले नै व्यबस्थापन गर्नुपर्नेछ ।
कोरोना भाईरस संक्रमण तिब्र गतिमा फैलिदै गएपछि अस्पतालमा बिरामीको चाप बढेको र उपचाररत बिरामीले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको विषम परिस्थितीमा अक्सिजन प्लान्ट स्थापना भयो भने अक्सिजनको सहज आपूर्ति हुंदा धेरै बिरामीको ज्यान बचाउन सकिन्छ भन्ने विश्वास सहित नविल बैंकले सरकारलाई सहयोग गरिएको बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
कोरोना भाईरस महामारीको सुरुवाती समयदेखि नै बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारलाई सहयोग गर्दै आएको बताउंदै उहाँले चालु आर्थिक वर्षमा कोरोना प्रतिकार्यका लागि ६ करोड रुपैंया नगद सहयोग गरिसकेको जानकारी गराउनु भयो ।
बिरमा अक्सिजन प्लान्टसैगै केही अस्पतालहरुलाई केही अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न थप प्रकृया अगाडि बढाएको र यो सबै गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा बैंकको करिव ८ करोड रुपैंया पुग्ने उहाँले जानकारी गराउनु भएको छ । विपद् जोखिम न्यूनिकरण र व्यबस्थापन बहुपक्षीय साझेदारीमा निजी क्षेत्र पनि महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्नेकुरालाई दृष्टिगत गर्दै यस किसिमको साझेदारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।