पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप १९० जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । त्यस मध्ये ३ लाख ६६ हजार ९४६ जना संक्रमण मुक्त भईसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ छ ।
सक्रिय संक्रमित मध्ये १ लाख ८ हजार ३८ जना होम आइसोलेशनमा र ७ हजार ८१४ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेशनमा भएका मध्येपनि ४९२ जना भेन्टिलेटर र १ हजार ७४८ जनालाई आईसीयुमा उपचाररत छन् ।