राष्ट्रपतिको कदम असंवैधानिक : प्रमुख सचेतक खाँण

1.3K

राष्ट्रपतिको कदम असंवैधानिक : प्रमुख सचेतक खाँण

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपतिको कदल असंवैधानिक भएको बताएको छ । प्रधानमन्त्रीले विश्वासको मत नलिने भए राजीनामा गर्नुपर्ने बताउँदै काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभई नयाँ सरकार गठनको लागि आह्वान गर्नु राष्ट्रपतिको असंवैधानिक कार्य भनेको हो ।
नेपाली काँग्रेस प्रतिनीधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको धारा ७६ (३) अनुसार केपि ओली प्रधानमन्त्री नियक्त भएको र त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले राजीनामा नगरी धारा ७६ (५) अनुसार सरकार गठन गर्न नमिल्ने बताउनु भयो ।
प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा नयाँ सरकार गठनको लागि समय तोक्ने राष्ट्रपति बिद्यादेवी भण्डारीको कदम असंवैधानिक र आपत्तीजनक रहेको उहाँले बताउनु भयो । यस बिषयमा नेपाली काँग्रेसले शुक्रबार बिहान पार्टीमा छलफल गरेर रणनीति बनाउने पनि नेता खाँणले बताउनु भयो ।