काँग्रेस सबै विकल्पमा छलफल गर्न तयार

1.3K

काँग्रेस सबै विकल्पमा छलफल गर्न तयार

वैकल्पिक सरकार गठनका लागि नेपाली काँग्रेस सबै विकल्पमा छलफल गर्न तयार भएको छ । पदाधिकार तथा पूर्व पदाधिकारीहरुको बिहान बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकाल्नुका साथै यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ । विश्वासको मत नलिने भए प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र प्रधानमन्त्री पदमुक्त नभई नयाँ सरकार गठनको लागि आह्वान गर्नु राष्ट्रपतिको असंवैधानिक कार्य भएको काँग्रेसले निश्कर्ष निकालेको हो ।
संविधानको धारा ७६ (३) अनुसार केपि ओली प्रधानमन्त्री बनेको र त्यसरी बनेको प्रधानमन्त्रीले राजीनामा नगरी धारा ७६ (५) अनुसार अर्को सरकार गठन गर्न नमिल्ने काँग्रेसले बताएको छ ।