थप ८,६०७ जनामा कोरोन संक्रमण : संक्रमणबाट थप १७७ जनाको मृत्यु

316

थप ८,६०७ जनामा कोरोन संक्रमण : संक्रमणबाट थप १७७ जनाको मृत्यु

शुक्रबार थप ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १७७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै ७८९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ ।