अनुसन्धानको क्रममा कसैसँग सम्झौता हुन्न– लोकमान सिंह कार्की

अनुसन्धानको क्रममा कसैसँग सम्झौता हुन्न– लोकमान सिंह कार्की

lok

काठमाडौं, २३ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीले जनताले अपेक्षा गरे अनुसारको छानविनको काम आयोगले शुरु गरेको बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको असरमा आयोगमा आज आयेजित कार्यक्रममा बोल्दै प्रमुख आयूक्त कार्कीले राजनीतिक क्षेत्र तथा प्रशासनको उच्च तहका व्यक्तिहरुको छानविनको कामलाई आयोगले विधि सम्मत ढंगले अघि बढाएकोले छानविनको क्रममा कसै संग पनि सम्झौता नगर्ने बताए ।

प्रमुख आयूक्त कार्कीले देशको स्थायी सरकार के कारणले हो डिमोरलाईज रहेको भन्दै कर्मचारी प्रशासनको सुधार तथा भ्रष्टाचारका कामलाई न्यूनिकरण गर्न पनि आयोग कर्मचारी प्रशासन संग मिलेर अघि बढन तयार रहेको बताए ।

प्रमुख आयूक्त कार्कीले मुलुक भुकम्प, नाकाबन्दी तथा मधेश आन्दोलनको कारण १५ देखि २५ बर्ष सम्म पछि परेकोले यो अवस्थाबाट मुलुकलाई अघि बढाउन पनि सम्पूर्ण नेपाललीले थप कृयाशिल भै थप समय भए पनि राष्ट्रलाई योगदान गरेर अघि बढाउने बेला भएको बताए ।
यो बर्ष मुलुकमा भुकम्प लगायतका समस्याका कारण आयेगले धेरै ठूला काम गर्न नसकेको र्भ पनि केही महत्वपूर्ण काम को शूरु गरेको तथा पहिलो पटक बाहालवाला मन्त्रिहरुलाई कार्वाहीको लागि सिफारिस गरेको पनि उल्लेख गरे ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले   नेपालले भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय महासन्धिको कार्यान्वयनको चक्रको पुनरनवलोकन गेरको उल्लेख गर्नै शुसासन कायम गराउन भ्रष्टाचार वाधक भएको बताए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •