थप १२९ को मृत्यु : ८,८४८ संक्रमण मुक्त

344

थप १२९ को मृत्यु : ८,८४८ संक्रमण मुक्त

कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएको हो भने ८ हजार ८४८ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार एकैदिन संक्रमण मुक्त हुने यो संख्या अहिलेसम्मकै धेरै हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरि २० हजार १०५ नमुना परीक्षण गरिएको थियो ।