बडिगाड काँग्रेसको समन्वयमा गाउँपालिकालाई अक्सिजन सिलिन्डर तथा कन्सटेटर मेसिन

1.3K

बडिगाड काँग्रेसको समन्वयमा गाउँपालिकालाई अक्सिजन सिलिन्डर तथा कन्सटेटर मेसिन

बडिगाड गाउँपालिका नेपाली काँग्रेसको समन्वयमा बागलुङको बडिगाड गाउँपालिकालाई अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सटेटर मेसिन प्रदान गरिएको छ । कोरोना भाईरस संक्रमित बिरामीको उपचारलाई सहज बनाउनको लागि नेपाली काँग्रेसको समन्वय र उद्योगी व्यबसायी समेत रहेका गौराङ्ग प्रतिष्ठानका अध्यक्ष दिपक भट्टराईको बिशेष सहयोगमा गाउँपालिकामा सञ्चालित आइसोलेशनको लागि १० थान अक्सिजन सिलिन्डर र ३ थान कन्सटेटर मेसिन प्रदान गरिएको हो । उक्त सामान खरिदमा करिव ६ लाख रुपैंया लागत लागेको छ ।
कोभिड बिरामीको उपचारमा गाउँपालिकाले प्रभावकारी रुपमा आवश्यक उपकरण व्यबस्थापन गर्न नसकेको भन्दै नेपाली काँग्रेसले त्यसको व्यबस्थापनको लागि समन्यव गरेको र सोही अनुसार काँग्रेस समर्थित युवाहरु गण्डकी थापा, सागर खरेल, विष्णु आचार्य, हाल जापानमा रहेका पौदीबासीहरु समेतको सहयोगमा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य उपकरण प्रदान गरिएको बिशेष सहयोगी दिपक भट्टराई बताउनु हुन्छ । त्यस्तै ट्राभल ऐजेन्सी सञ्चालक मोहन घिमिरेको समेत त्यसमा सहयोग रहेको छ ।
त्यसरी प्रदान गरिएको सामान आज (शनिबार) गाउँपालिकामा पुगेको र भोली (आईतबार) गाउँपालिकालाई हस्तान्तरण गरिने नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनीधि विष्णु आचार्यले बताउनु भयो ।