कालीगण्डकी डाइभर्सन अपरिहार्य – खाँड

कालीगण्डकी डाइभर्सन अपरिहार्य – खाँड

balkrishnaबुटवल २३,मंसिर /नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँडले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कालीगण्डकी डाइभर्सन अपरिहार्य भएको बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा ११ करहैयामा  खानेपानी आयोजनाको उद्घाटन गर्दै उहाँले रुपन्देही र आसपासको क्षेत्र कृषिको उर्वर भूमि भएकाले सिचाई सुविधा अतिआवश्यक भएको बताउनुभयो । पूर्व सिचाइ मन्त्री समेत रहनुभएका खाणले रुपन्देहीको खेतियोग्य जमिनलाई सिचिंत गराई राख्न सकेमा मुलुकलाई खाद्यान्नमा आत्म निर्भर बनाउन ठूलो सहयोग पुग्ने र त्यसको लागि कालीगण्डकी डाइभर्सन आयोजना आवश्यक भएको बताउनुभयो ।सरकार र स्थानिय उपभोक्ताको सह लगानीमा ९ करोड ३४ लाख रुपैयाको लगानीमा करहैयामा खानेपानी बोरिगं तथा भवन सहित आयोजनाको निर्माण सम्पन्न भएको हो । २०६७ सालबाट निर्माण सुरु भएको आयोजना पुरा भई १२ सय धारा समेत बितरण भइसकेका छन । सस्थाका अध्यक्ष शत्रुधन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेस के.न्द्रिय सदस्य बाबुराम राना, एमाले जिल्ला सदस्य यज्ञ गैर, एमाओवादीका जिल्ला सदस्य हेमन्त पाण्डे, काग्रेस क्षेत्रीय सभापति यम बहादुर खत्री, नगरबिकास समितिका सभापति कृष्ण बहादुर गौतम, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रुपन्देह्ीका अध्यक्ष धुब्र धिताल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका इञ्जिनियर देबि पाठक, करहीया खानेपानीका अध्यक्ष गंगा शाही, नगरपालिकाका प्रतिनिधि हरि खतिबडा लगायतले बोल्नु भएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •