कोरोना भाईरस संक्रमितको उपचारलाई सहज बनाउँदैछौं : स्वास्थ्य मन्त्री श्रेष्ठ

1.3K

कोरोना भाईरस संक्रमितको उपचारलाई सहज बनाउँदैछौं :  स्वास्थ्य मन्त्री श्रेष्ठ

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले कोरोना भाईरस संक्रमितको उपचारलाई सहज र सरल बनाउन लागीपरेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको टोलीसंग सोमबार भएको भेटमा मन्त्री श्रेष्ठले पहुँचका भरमा अक्सिजन खोज्ने र उपचार पाउने परिपार्टी रोक्न प्रदेशमा भएको सबै अस्पतालको अनुगमन र निरीक्षणमा लागेको बताउनु भयो ।
सबै अस्पतालमा अक्सिजन प्लान्ट बन्न लागेको बताउदै अब धेरै समय अक्सिजन अभाव व्यहोर्नु नपर्ने उहाँले दावी गर्नुभयो । अस्पतालमा एक्कासी विरामीको संख्या बढ्दा चिकित्सक तथा नर्सहरु समेत अत्तालिएको र उनीहरुको सही व्यवस्थापन गर्ने गरि मन्त्रालय अगाडि बढेको उहाँले बताउनु भयो ।
सरकारी कोरोना अस्पतालले मात्रै कोरोना संक्रमित बिरामीको उपचार थेग्न नसक्ने देखिएपछि पछिल्लो समय १२ वटै जिल्लामा सेवा विस्तार थालिएको र सरकारी अस्पतालको भार कम गर्न निजी अस्पताललाई समेत आइसोलेशन अस्पताल बनाउन लागिएको जानकारी गराउनु भयो ।