कोरोना संक्रमित पत्रकारको राहत तथा उद्धारका लागि नेपाल प्रेस युनियनले राहत कोष स्थापना गरेको छ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति बद्रि सिग्देलले कोष स्थापना गरिएको घोषणा गर्दै कोषमा आर्थिक सहयोगको लागि समेत अपिल गर्नुभयो ।
महामारीको बिचमा पनि फ्रन्ट लाईनमा खटिएर काम गर्ने पत्रकारलाई संक्रमण भएमा उनीहरुलाई राहत तथा उद्धारका लागि १० लाख रुपैंयाको राहत कोष स्थापना गरिएको हो । उक्त कोषमा युनियनको तर्फबाट १० लाख रुपैंया जम्मा गरिने छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुबाट जनही १ हजार रुपैंया संकलन गर्नेछन् । त्यस्तैगरी उक्त कोषमा सहयोग गर्नका लागि युनियनले नेपाली काँग्रेस, पार्टीका नेता तथा उद्योग व्यबसायीहरुमा आग्रह गरेको छ ।
कोरोना भाईरस संक्रमणबाट नेपालमा १५ जना पत्रकारले ज्यान गुमाएको र कयौं संक्रमित पत्रकार अस्पतालमा र कयौं पत्रकार होल आइसोलेशनमा स्वास्थ्य लाभ लिईरहेको औंल्याउँदै उहाँले दिवंगत भएका पत्रकारका परिवारमा समवेदना तथा स्वास्थ्य लाभ लिईरहेका पत्रकारलाई सिघ्र स्वास्थ्यलाभको समेत कामना गर्नुभएको थियो ।
अध्यक्ष सिग्देलले महामारीका बिच पनि फ्रन्ट लाईनमा खटिएर काम गर्ने पत्रकारलाई आवश्यक कुराहरु व्यबस्थापन गर्न सरकारसंग माग गर्नुभयो । उहाँले सरकारले प्रेस जगतलाई नियन्त्रण गर्नकै लागि प्रेससम्बन्धि बिधिन्न विधेयकहरु ल्याएको आरोप लगाउँदै प्रतिनीधि सभा विघटन बिरुद्धको आन्दोलनमा सहयोग गर्ने समेत जानकारी गराउनु भयो ।