रोटरी क्लवद्वारा पुँजीबजार सम्बन्धि प्रशिक्षण

रोटरी क्लवद्वारा पुँजीबजार सम्बन्धि प्रशिक्षण

रुपन्देही तथा नवलपरासीमा कृयाशिल रोटरी क्लवहरुको आयोजनामा पुँजीबजार सम्बन्धि प्रशिक्षण गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको नेतृत्वमा रोटरी क्लव अफ नवलपरासी, रोटरी क्लव अफ मिड रुपन्देही तथा रोट्रयाक्ट क्लव अफ बुटवल साउथ र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीले खुल्ला रुपमा पुँजीबजार सम्ब्न्धि प्रशिक्षण गरेको हो ।
बिहिबार साँझ भिडियो संवादका माध्यमबाट आयोजना गरिएको उक्त तालिम कार्यक्रममा ५ वटै क्लवका सदस्य तथा ननसदस्य समेत गरि गरि ३६० जना भन्दा बढीको सहभागिता रहेको रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । शेयरमा लगानी गर्ने लगानीकर्तालाई पुँजीबजार सम्बन्धि जानकारी आवश्यकता महसुस गरेर सम्बन्धित बिषयमा तालिम कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो ।
रोटरी क्लव अफ बुटवल साउथका क्लव ट्रेनर निशानबाबु कार्कीको संयोजनमा भएको उक्त तालिममा शेयर तथा पुँजीबजार बिज्ञ सुवास भट्टराईले प्रशिक्षण गर्नुभएको थियो ।
रोटरी क्लव अफ नवलपरासीका अध्यक्ष सुमनगोपाल आचार्यको अध्यक्षता तथा रोटरी क्लव अफ मिड रुपन्देहीका अध्यक्ष जीवन गौतमको धन्यवादमा भएको कार्यक्रमको सञ्चालन साउथकी सचिव शारदा पंगेनीले गर्नुभएको थियो । त्यस्तैगरी रोटरी क्लव अफ बुटवल साउथका सदस्य किशु शर्मा, रोट्रयाक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष कृष्ण भुसाल र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीका अध्यक्ष अनुप पाण्डेले प्राविधिक व्यबस्थापन गर्नुभएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •