फ्रान्सको राजधानी पेरिसमा विश्व जलवायू परिवर्तन संवन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा आयका नेपाली पत्रकारहरु कार्यक्रममै उपस्थित नभयर भागेको खुल्न आयको छ | अनलाइन समाचार पोर्टल ‘ नेपाल प्लस’का अनुसार नेपालबाट यो जलवायू सम्मेलनमा करिब तिनसय ५० जनाले भिसा लिएका थिए र ति मध्ये पत्रकारहरुको संख्यापनि धेरैनै थियो | उक्त अनलाइनका अनुसार नेपालमा च्याउ जसरि उम्रिएका पत्रिकाका प्रकाशक, सम्पादक, रिपोर्टर, वातावरण मुद्दामा कलम चलाउने आदि भेषमा तिनले पत्रकारिताको परिचयपत्र लिए अनि त्यहि देखाएर भिसा मागे आय र यतै बाट अन्य देश छिरे |
तर कार्यक्रमको बहाना बनायर आयका ति पत्रकारहरुलाई यूरोपमा सहज भने छैन | उनीहरुको खोजि र छानबिनको लागि दिल्लीमा र नेपालमा रहेको फ्रेन्च दुताबास र भिसा आवेदन केन्द्र काठमाडौँमा जानकारी गराईसकियको छ | अब उनीहरुले सोचे जस्तो सजिलो र छिट्टै सेट हुने सपना न्यून रहेको छ | अर्थात् १०० मा १ प्रतिशत छ भन्दा हुन्छ | खोजि अनुसन्धानमा छोपिदा बित्तिकै नेपाल फिर्ती सवारी त् हुन्छ नै निश्चित समय अवधि सम्मको लागि यूरोप आगमन पनि बन्द हुनसक्नेछ |
अर्को तर्फ यहि नोभेम्बर २ देखि यूरोपियन दुताबासहरुले ‘बायोमेट्रिक’ प्रणाली लागु गरेको छ |नया ‘बायोमेट्रिक’प्रणाली अनुसार अब सेन्जेन देश हरुमा पर्यटक भिसा ,पारिवारिक भेटघाट ,वा ब्यापारिक भिसामा आउनेले नेपालमै १० औलाको छाप ( फिंगर प्रिन्ट) दिनु पर्ने हुन्छ | दिल्ली स्थित फ्रेन्च दुतावासले दियको सूचना अनुसार दुतावास वा भिसा आवेदन केन्द्रले जुनसुकै भिसा आवेदकको स्क्यान मेसिन बाट फिंगर प्रिन्ट लिनेछन | अहिले यो कार्यक्रममा आयर भागेका गैर पत्रकारहरुमा पक्का पनि यो नियम लागु भयको छ | र अब उनीहरुले शरणार्थी माग गरे भने पनि उनीहरुको औठाको छापको कारण नै उनीहरु फन्दामा पर्ने निश्चित रहेको छ |
तसर्थ बिभिन्न संचार माध्यम बाट पत्रकारको खोल ओढेर यूरोपमै बस्ने सपना बोकेकाहरु भिसा छदै नेपाल फिर्ता भयको राम्रो हुनेछ | अन्यथा नतिजा सहज परिस्थितिको नआउने पक्का रहेको छ |
कार्यक्रममा आयका नेपालि पत्रकारहरुको नामावली प्राप्त हुदा बित्तिकै अपडेट गर्नेछौ|