बजेटसम्बन्धि तीन अध्यादेश जारी

736

बजेटसम्बन्धि तीन अध्यादेश जारी

आगामी आर्थिक वर्षको लागि सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गर्नुभएको छ । संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारले सिफारिस गरेका आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ राष्ट्रपति भण्डारीले जारी गर्नुभएको हो । सोही अनुसार अर्थमन्त्री पौडेलले अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्नुहुनेछ ।