सरकारले जेष्ठ नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बृद्धि गरेको छ । हाल मासिक ३ हजार रुपैंया प्रदान गर्दै आएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बृद्धि गरेर ४ हजार रुपैंया पुर्याएको हो ।
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले जेष्ठ नागरिकको स्वास्थ्योपचार समेत निशुल्क गरिने बताउनु भयो ।