एसईई परीक्षा नलिने सरकारको निर्णय : नतिजा आन्तरिक मुल्यांकनमा आधारमा

1K

एसईई परीक्षा नलिने सरकारको निर्णय : नतिजा आन्तरिक मुल्यांकनमा आधारमा

सरकारले यो वर्ष पनि एसईई परिक्षाको नतिजा आन्तरिक मुल्यांकनकै आधारमा सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले कोरोना भाईरस महामारीका कारण परीक्षा लिने अवस्था नभएका भन्दै एसईई परीक्षा नगर्ने निर्णय लिएको हो । कोरोना भाईरस महामारीकै कारण अघिल्लो वर्ष पनि एसईई परीक्षा नगरि आन्तरिक मुल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरिएको थियो ।
सरकारको यो निर्णयसंगै बिद्यालयले गरेको आन्तरिक मुल्यांकनको विवरण जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईमा पठाउनु पर्ने छ । त्यस्तैगरी बिद्यालयले पठाएको आन्तरिक मुल्यांकनलाई शिक्षा बिकास तथा समन्वय इकाईले प्रमाणित गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछ । त्यसका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल तयार गरेर सार्वजनिक गर्नेछ ।