खोपमा प्राथमिकता दिन पत्रकार महासघको माग

1.3K

खोपमा प्राथमिकता दिन पत्रकार महासघको माग

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले खोप लगाउन छुटेका पत्रकारहरुलाई अवको चरणमा प्राथमिकताको सुचिमा राख्न माग गरेको छ । महासंघले महामारीमा अग्रपंतीमा खटेर सुचना प्रवाह गरिरहेका पत्रकाहरुलाई खोपका लागि प्राथमिताको सुचिमा राख्न माग गरेको हो । पहिलो चरणको खोप अभियानमा धेरै पत्रकारहरु छुटेको भन्दै माहासघले यस्तो माग गरेको हो ।
नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको टोलीले प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भोजप्रसाद श्रेष्ठलाई भेटगरि अवको क्रममा खोपको प्राथमिकतामा छुटेका पत्रकाहरुलाई समावेश गर्न माग गरेको हो । महासघका अध्यक्ष वसन्त गिरीको नेतृत्वमा गएको महासंघको टोलीले विविध कारण खोपबाट वञ्चीत भएका पत्रकारहरुलाई अवको क्रममा हुने खोप अभियानमा प्राथमिकताका साथ समेट्न माग गरेको थियो । लुम्बिनी प्रदेशमा झण्डै ४० प्रतिशत पत्रकाहरु अझै पनि खोप लगाउन वांकी रहेको तथ्यांक छ ।
उनीहरुलाई अवका क्रममा शुरु हुने खोपका लागि प्रवन्ध गरि संचारकर्ममा अझ सक्रियताका साथ खट्नका लागि हौसला प्रदान गर्न प्रदेश सरकारसंग गर्दै महासंघका प्रदेश अध्यक्ष गिरी र महासचिव विक्रम खड्को हस्ताक्षरमा माग पत्र बुझाईएको हो । माग पत्र बुझ्दै स्वास्थ्य मन्त्री श्रेष्ठले पत्रकारहरु पनि यो महामारीमा फन्टलाईनरकै रुपमा आफुहरुले बुझेको भन्दै सोहि अनुशारको प्राथमिकताको सुचिमा राखिने आश्वासन दिनुभयो । उहाँले माथिल्लो तहमै समेत पहल गरेर अवका क्रममा छुटेका सबै पत्रकारहरुलाई खोप दिलाउने दायित्ववाट आफुहरु पछि नहट्ने बताउनु भयो । केहि समयपछि सरकारले चिनिया खोप भेरोसिल लगाउने तयारी गरिरहेको छ । भारतीय खोप नआएपछि चिनिया खोप लगाउने काम शुरु भैरहेको छ । अहिले काठमाडौंमा खोप अभियान चलेपछि उपत्याका वाहिर अव आउने सरकारी अधिकारीहरुले बताएका छन् ।
मन्त्रीसंगको भेटमा प्रदेशभरीका पत्रकाहरुका लागि स्वास्थ्य समाग्रीहरुको प्रवन्ध गर्न समेत माग गरिएको महासचिव बिक्रम खड्काले बताउनु भयो । भेटघाटमा प्रदेश समितिका सदस्यहरु प्रेमनारायण आचार्य, टेकबहादुर मास्की राना, चिन्ता परियार लगायतको समेत सहभागिता रहेको थियो ।